मौरीबारे रोचक तथ्य!
जीवहरुमा सबैभन्दा बढी परिश्रमी हो मौरी । आफ्नो जीवनकालमा मौरी कहिले पनि सुत्दैन । एक थोपा महको लागि कैयौं दुरीसम्म यात्रा गर्ने मौरीबारे धेरै रोचक तथ्यहरु रहेका छन् ।
पृथ्वीमा हजार भन्दा बढी प्रजातिका मौरीहरु छन् । तर, यसमध्येमा जम्मा केहि सिमीत प्रजातिले मात्र मह बनाउन सक्छन्।
एक घारमा २० देखि हजार पोथी मौरी, केहि सय पुरुष मौरी तथा एकमात्र रानी मौरी रहन्छन् ।
संसारमा मौरी मात्र एक यस्तो किरा हो जसले बनाएको भोजन मानिसले खाने गर्दछन् ।
केवल महिला मौरीले मात्र मह बनाउँछन् । पुरुष मौरीले केवल रानीसँग यौनसम्पर्क मात्र गर्दछन् ।
मानिसलाई मौरीले ११०० वटाले एकै पटक टोकेमा मानिसको मृत्यु हुन्छ ।
मौरीले महलाई पहिले नै पचाउँछ, जसले गर्दा हाम्रो शरीरको रगतमा पुग्न केबल २० मिनेट लाग्ने गर्छ।
मौरी २४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्छ । मौरीले एक सेकेन्डमा २०० पटक पँखेटा हल्लाउँछ । मतलब हरेक मिनेटमा १२०० पटक ।
मौरीलाई एक किलो मह बनाउनको लागि चाकामा लगभग ४० लाखको फुलको रस चुस्न पर्दछ, भने ९०,००० माइल उड्ने गर्दछ । जुन यो पुरा पृथ्वीलाई तीन चक्कर लगाए बराबर हुन्छ ।
वर्षभरी चाहे जाडो मौसम होस या गर्मीमा मौरीको चाकाको तापक्रम ३३ डिग्री सेल्सीयसको आसपास रहने गर्दछ । मौरीले जाडोमा आफ्नो शरीरले तापक्रमलाई नियन्त्रण राख्छ ।
रानी मौरी र भाले मौरी खुल्ला हावामा उड्दाउड्दै सम्भोग गर्ने गर्छ। भाले मौरी यौनसम्पर्क गरेसँगै मर्ने गर्दछ । यौनसम्पर्कको आखिरमा यसको अण्डकोष फुटेर मृत्यु हुन्छ ।
साभार: ओपन खबर
Comments