काठमाडौं-तराई / मधेश फास्ट ट्र्याक सडक आयोजनामा इन्जिनियरहरूको आवश्यकता

नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेना, काठमाडौं-तराई/मधेस फास्ट ट्र्याक (एक्सप्रेसवे) सडक आयोजना, जङ्गी अड्डा, काठमाडौंले करार सेवामा जनशक्तिको आवश्यकता सम्बन्धी सूचना प्रकाशन गरेको छ l  काठमाडौं-तराई/मधेस द्रुतमार्ग (एक्सप्रेसवे) सडक आयोजनाको लागि आवश्यक निम्न पदहरूमा करार सेवामा खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवारहरूलाई नियुक्तिको लागि दर्खास्तको आव्हान गरिएको छ।

सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र योग्य उम्मेदवारले सबै शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्रको प्रतिलिपि, भर्खरको राहदानी साइजको फोटो  २ प्रतिसहित लिखित निवेदन पेश गर्नुपर्नेछ। नित्यकाली शिबिर जङ्गी अड्डास्थित काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजना कार्यालयमा व्यक्तिगत रूपमा आवेदन पेश गर्न अनुरोध गरिन्छ।

Comments

Back to top