टाउकोमा गर्भधारण गर्ने जीव!
उडुस एक प्रकारको परजीवी हो । उडुसको जीवनकाल एक वर्ष जतिको हुन्छ । पोथी उडुसले आफ्नो जीवनकालमा दुई सयदेखि चार सयसम्म फुल पार्न सक्छ । उडुस टाउकोमा गर्भधारण गर्ने जीव हो ।
प्वाँख नभएको, अण्डाकार शरीर भएको यो कीरा मानिस/जनावरको रगत चुस्नुअघि चौथाइ इन्चको कागजको चिर्कटोजस्तै सम्म हुन्छ । रगत चुसेपछि यसको शरीर फुल्न थाल्छ ।
राति सुतेका बेला उडुसले टोकेको तत्कालै अनुभव हुन्न । त्यो किनभने, यसले टोक्दा ताका आफ्नो र्यालका माध्यमले एक प्रकारको लठयाउने रसायन हाम्रो छालामा पुर्याउँछ । यही रसायनको प्रभावले गर्दा उडुसले रगत तानिरहँदा पनि हामी थाहा पाउँदैनौं ।
उडुसलाई हाम्रो शरीरबाट रगत तानेर पेट भर्न ३ देखि १० मिनेटसम्म लाग्छ । उडुस केही नखाई यो ६ महिनादेखि १ वर्षसम्म बाँच्न सक्छ ।
Comments