मानव शरीरबारे केही रोचक प्रसंग!

यी हुन मानव शरीरबारेको रोचक प्रसंग;

  • हाम्रो मस्तिष्क दिउँसो भन्दा रातको समयमा बढि सक्रिय हुन्छ । यसबारे वैज्ञानिकहरुले हाल सम्म पनि पत्ता लगाउन सकेका छैनन् ।
  • मानव शरीरमा भएको बोसो करिब सातवटा साबुन बनाउन प्रयाप्त छ । तपाईँ लजाउदा तपाइँको पेटको भित्री भाग पनि लजाउँछ ।
  • आमाको गर्भमा आएको तीन महिनापछि नै बच्चाको औँठा छापको विकास भैसकेको हुन्छ ।
  • अन्तरिक्षमा केही समय बिताएपछि मानिसको करिब २ इन्च उचाइ बढ्छ ।
  • धेरै भोक सहँदा मानव दिमागले आफैँलाई खान थाल्छ ।
  • धेरै खानाले श्रवण शक्ति कम हुदै जान्छ । साथै धेरै खाना खाँदा स्वाद कम र जिव्रो सुख्खा हुदै जान्छ ।
  • सास फेर्ने र निल्ने प्रक्रिया एकैचोटी गर्न असम्भव छ ।
  • महिलाको मुटुको धड्कन पुरुषको भन्दा छिटो हुन्छ ।
  • दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ ।
  • मानिस मुस्कुराउँदा १७ मांसपेशीको प्रयोग हुन्छ भने दुखी हुँदा ४३ मांशपेशीको प्रयोग हुन्छ ।
  • पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।
  • औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ्ग पुल भरिने थुक उत्पादन गर्छ ।
  • शरीरका अन्य भागको रौ भन्दा अनुहारको रौं चाडो बढ्छ ।
  • पचास प्रतिशत हातको बल कान्छी औँलाबाट आउँछ ।

 साभार: IAUA

Comments

Back to top