ट्विटरले नीलो प्रमाणित चिन्हको साथमा विभिन्न चेक मार्कहरु लन्च गर्नेछ: मस्क
ट्विटरले नीलो प्रमाणित चिन्हको साथमा सुनौलो र खैरो चेकहरू लन्च गर्ने एलन मस्कले बताएका छन् ।
मस्कका अनुसार चेक सक्रिय हुनु अघि सबै प्रमाणित खाताहरू नियम अनुसार प्रमाणीकरण गर्नुपर्नेछ।
कम्पनीहरूको लागि सुनौलो चेक, सरकारहरूको लागि खैरो चेक, व्यक्तिहरूको लागि नीलो चेक लन्च गर्ने निर्णय गरिएको हो। कम्पनीले हालसालै घोषणा गरेको $८ नीलो चेक सदस्यता सेवालाई नक्कली खाताहरू बढेको कारण रोकेको थियो।
त्यस्तै, ब्लू चेक सदस्यता सेवा नोभेम्बर २९ मा पुन: सुरु गरिने कम्पनीले बताएको थियो।निलो चेक मार्क पहिले सिमित राजनीतिज्ञ, प्रसिद्ध व्यक्तित्व, पत्रकार र अन्य सार्वजनिक व्यक्तित्वहरूको प्रमाणिकरण खाताहरूको लागि मात्र आरक्षित थियो।
Comments