रोचक तथ्य: भान्सेको गाउँ जहाँ पुरुषले मात्रै खाना पकाउने गर्छन!
भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरूको मात्र हुन्छ । भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ।
पण्डीचेरीबाट ३० किलोमिटर टाढा पर्ने यो गाउँका शेफहरुलाई आसपासका ठाउँहरूमा खाना पकाउने कामका लागि पनि ठूलो माग हुने गरेको छ ।
वर्षको ६ महिना त उनीहरूले बिहे लगायतका भोजमा खाना पकाउने काम नै गर्दछन् । परिवारका अन्य सदस्यहरू कृषि पेशामा रहेका उक्त गाउँका पुरुषहरू खाना पकाउने कामबाट बँचेको समय खेतिपातीमै व्यस्त हुने गरेका छन्।
एजेन्सी
Comments