रोचक तथ्य: मान्छेबाट कुकुर बन्न २० लाख खर्च !
जापानका एक व्यक्ति कुकुर बनेका छन। टोको नामका यी मानिस अहिले कुकुर बनेका छन् ।
टोकोलाई सानैदेखि नै कुकुरको जीवन जिउने सपना थियो र उनलाई कुकुर बन्ने शौख थियो। मानिसबाट कुकुर बनेका टोकोलाई देखेर सबैजना चकित भएका छन। उनले सामाजिक सञ्जालमा पनि केही तस्बिर सेयर गरेका छन् । जसको धेरै चर्चा भइरहेको छ ।
जापानको एक व्यावसायिक एजेन्सी जेप्पेट वर्कशप कम्पनीले टोकोलाई कूली, कुकुरमा परिणत गरेको छ। यी व्यक्तिलाई कुकुर बन्न यति धेरै मन लाग्यो कि त्यसका लागि २० लाख युआन (लगभग २० लाख रूपैयाँ) खर्च गरे । यति धेरै पैसा लिएर ती व्यक्तिले यस्तो पोशाक बनाए, जसमा उनी ठ्याक्कै कुकुरजस्तै देखिन्छन् । यो पोशाकमा उनलाई चिन्न धेरै गाह्रो छ।
पोशाक बनाउन करिब ४० दिन लागेको बताईएको छ। मानिस र कुकुरमा धेरै भिन्नता भएकाले यो पोशाक बनाउन निकै मेहनत गरेको कम्पनीले जनाएको छ ।
जापानी सञ्चारमाध्यमले उनलाई कुली प्रजातिकै कुकुर बन्न किन रोजेको भनेर सोधेका थिए । जसको जवाफमा उनले भने– कुली मेरो मनपर्ने कुकुर र सबैभन्दा प्यारो कुकुर हो । लामो कपाल भएका कुकुरहरूले मानव आकार लुकाउन सक्छन्, त्यसैले मैले कुली रोजें। यसको पोशाक पनि पूर्ण रूपमा मौलिक देखिन्थ्यो।
एजेन्सी
Comments