नेप्से इन्ट्राडे अपडेट: लगभग १ अङ्कको गिरावट!

आज नेप्से बजार केही अङ्कले घटेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म  १९२० को नजिक आएको छ। १.५९ अङ्कले घटेर  नेप्से परिसूचक १९२०.४० मा आएको हो । आज २ घण्टामा लगभग ३२ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा घटी  हो।

यस्तै, आजको टप गेनरमा घलेम्दी हाईड्रो  रहेको  छ जसको ५.३७ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  मैलुंग खोला जलविधुत  रहेको छ जसले  ४.०५ % गुमाएको छ।

Comments

Back to top