एनसेलले सुरु गर्यो नयाँ प्रिपेड प्लान!

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकताअनुसार सरल र सहज रुपमा यी प्लानहरु सुरु गर्न सक्नेछन् ।

तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट नयाँ प्रिपेड प्लानअन्तर्गत पर्दछन।  यी प्याकहरु मंसिर ४ देखि  सञ्चालनमा आएका छन् । सजिलोको कर सहित ९७ रुपैयाँ, सहयात्री प्लानको ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा ग्राहकले लिन सक्नेछन्। 

स्टार्टर प्याकअन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रुपमा सजिलो प्लान प्राप्त गर्नेछन् । यसमा १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेको २० वटा अन नेट एसएमएसको व्यवस्था गरेको छ ।

यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित १.६२ रुपैयाँमा प्रति मिनेटमा कल, १ रुपैयाँमा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक १ रुपैयाँमा पठाउँन सक्नेछन् ।

नेपाल घुम्न आउने पर्यटकहरुका लागि पनि एनसेलले १ सय रुपैयाँ, ५ सय रुपैयाँ र १ हजार रुपैयाँका तीन प्लानहरु प्रदान गर्दै आएको छ । १ सय रुपैयाँको प्लानमा ग्राहकले २ सय एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन् । ५ सय रुपैयाँको प्लानमा पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसिमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्छन् ।

त्यस्तै १ हजार रुपैयाँको प्लान अन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, १ सय मिनेट लोकल कल र २८ दिनको समयसिमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्छन् ।

Comments

Back to top