युनाईटेड इदी मर्दी एण्ड आर बि हाईड्रोपावरको लाभांश घोषणा

युनाईटेड इदी मर्दी एण्ड आर बि हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते  बसेको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश प्रस्ताव सहित कम्पनीले मंसिर २८ गते साधारणसभा बोलाएको छ । सभा आभ्या क्लब घारिपाटन पोखरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । लाभांश प्रयोजनार्थ कम्पनीले मंसिर १६ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ तसर्थ मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।

Comments

Back to top