पुदिनाको सेवन गर्नाले हुन्छन् यी फाइदाहरु

पुदीना सबै भन्दा धेरै आफ्नो अनौठो स्वादका कारण धेरै जस्तो ठाउँहरुमा परिचित छ। पुदिनाको अचारले खानेकुराको स्वाद बढाउनुका साथै स्वस्थका लागि पनि फाइदाजनक छ । पुदिनालाई आयुर्वेदमा शताब्दीयौंदेखि औषधिको रूपमा प्रयोग गर्दै आएको छ। पुदिना सामान्यतया टूथपेस्ट,च्युइङगम, माउथ फ्रेसनर, मिठाई, इनहेलर आदिमा प्रयोग गरिन्छ। यसबाहेक आयुर्वेदमा अन्य रोगको उपचारमा पनि पुदिनाको प्रयोग गरिन्छ।

पुदिनाको  फाइदाहरु यस्ता छन् ;

१. पुदिनाका कपाल झर्नबाट जोगाउने फाइदाहरु
पुदिनाले कपालको सुक्खापनलाई कम गर्न मद्दत गर्छ । पुदिनाले डन्ड्रफ र तिनीहरूको निर्जीव झर्ने वा फुट्ने समस्याहरुलाई  कम गराउनुका साथै कपाल प्राकृतिक रूपमा बढ्न थाल्छ।

२. कानको दुखाईमा पुदिनाको प्रयोग गर्दा हुने फाइदाहरु
पुदिनाको फाइदाले  चिसोका कारण वा नुहौदा कानमा पानी पर्दा कान दुख्ने जस्ता समस्याहरुलाई  छिट्टै राहत दिन्छ। यस्तो अवस्थामा पुदिनाको पातको रस निकालेर त्यसको १-२ थोपा कानमा हाल्दा आराम मिल्छ ।

३. टाउको दुखाइ कम गर्न पुदीना
पाचन शक्ति कमजोर हुँदा टाउको दुख्नेगर्छ । यस्तो अवस्थामा पुदिनाको चिया निकै फाइदाजनक साबित हुनसक्छ, किनकि यसले खानालाई राम्रोसँग पचाउन मद्दत गर्नुको साथै पाचन प्रणालीलाई पनि बलियो बनाउँछ।

४. पुदिनाको पातले मुखको अल्सरको समस्या कम
मुखमा अल्सर भएमा पुदिनाको पातको काढ़ा बनाई कुल्ला गर्नाले मुखको अल्सरको समस्या निको हुन्छ ।

५. दाँत दुखाइमा पुदिनाको फाइदाहरू
दाँत दुख्ने समस्या कसलाई हुँदैन ? पुदिनाको पातको धुलो बनाएर दाँत माझ्दा दाँतको दुखाई कम हुन्छ । पुदीनाका औषधीय गुणले दाँतको दुखाइ कम गर्न मद्दत गर्छ।

६. अपचको समस्यामा पुदिनाको फाइदा
पेटमा गडबडी हुँदा अक्सर अपचको समस्या हुन्छ । त्यसमा कागती, पुदिना र अदुवाको १००-१०० एमएलको रस राखी, डबल (२०० ग्राम) चिनी थप्नुहोस् र चाँदीको भाँडोमा पकाउनुहोस्। यो काडा २० एमएलको मात्रामा सेवन गर्नुहोस्। यसले अपचको समस्या निको पार्छ ।

७. पुदिनाको अन्य फाइदाहरु
पुदिनालाई १०-२० मिलीलीटर मात्रामा उपभोग गर्दा अपच र पखालाको समस्या निको हुन्छ ।
पुदिनाले फोक्सोमा जम्मा भएको म्यूकसलाई पगाल्न र बाहिर निकाल्न मद्दत गर्छ जसको कारणले दम रोग घटाउन मद्दत गर्दछ। पुदिनाको सेवनले महिनावारीको दुखाइलाई आराम दिन्छ। पुदिनाको पातलाई पिसेपछि पेस्ट लगाउनाले घाउबाट आउने दुर्गन्ध कम हुनुका साथै घाउ छिट्टै निको हुन्छ।
पुदिनाको पातलाई पिसेपछि पेस्ट लगाउनाले दाग, पिम्पल वा घाउबाट भएको कालो दाग वा धब्बा हट्छ ।

यसरी, यी बाहेक पनि पुदिनाका थुप्रै फाइदा छन् । आयुर्वेदले पनि पुदिनालाई औषधीय बुटीका रूपमा स्वीकार गरेको छ । 

Comments

Back to top