आदित्य पुरी कसरी बने भारतका महँगा बैंकर?

आदित्य पुरी भारतको एचडीएफसी बैंकका मेनेजिङ डाइरेक्टर हुन् । उनी  सबैभन्दा धेरै तलब पाउने भारतीय बैंकरमा पर्छन्।

आदित्य पुरीको जन्म  २७ अक्टूबर १९५० मा भएको थियो।  उनी एच डी एफ सी बैंकका प्रबंध निर्देशक हुन्। विगत २५ वर्षदेखि उनी यसै बैंकमा कार्यरत छन् । उनीसँग बैंकिङ क्षेत्रमा झन्डै चार दशक काम गरेको अनुभव छ ।

उनले पञ्जाब विश्वविद्यालयबाट स्नातक गरे । उनले आफ्नो चार्टर्ड एकाउन्टेन्ट शिक्षा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया नयाँ दिल्लीबाट पूरा गरे।

एचडीएफसी बैंकमा आबद्ध हुनुअघि उनी १९९२ देखि १९९४ सम्म मलेसियामा सिटी बैंकका प्रमुख कार्यकारी अधिकृत थिए। सन् १९९४ को सेप्टेम्बरदेखि उनी एचडीएफसीमा मेनेजिङ डाइरेक्टरको रुपमा कार्यरत छन् । आफ्नो कार्यकालमा उनले बैंकको ब्यालेन्स सिट साइज, निक्षेप, प्रतिशेयर आम्दानी, मुनाफा लगायतका वित्तीय सूचकमा ठूलो सुधार ल्याएका छन् ।

उनले मेनेजिङ डाइरेक्टरको रुपमा एचडीएफसी बैंकलाई भारतमै नम्बर एक बनाउन ठूलो भूमिका खेलेका छन्।  बैंकिङ क्षेत्रमा उनको योगदानको कदरस्वरुप  उनलाई विजनेस वल्र्ड म्यागाजिनले लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्रदान गरिएको छ ।  त्यस्तै, उनले सीएनएन आईबिएन इन्डियन अफ द इयर इन विजनेस अवार्ड पनि पाएका छन्।  यसबाहेक पनि उनले थुप्रै अवार्ड तथा सम्मानहरु पाएका छन् । उनी ब्यारोन्स वल्र्डस् टप ३० सीईओ २०१६ को सूचिमा समेत परेका थिए ।

आदित्य पुरी भारतका सबैभन्दा शक्तिशाली व्यक्तिहरुको सूचिमा २४औँ नम्बरमा छन् । उनीसँग लगभग ७० करोडभन्दा बढी मूल्य बराबरको सम्पत्ति छ । मुम्बईको बान्ड्रामा परिवारसँग बस्ने पुरीसँग एउडा अडि र एउटा मर्सिडिज बेन्ज कार छन् ।

यसरी, आफ्नो कडा परिश्रमले गर्दा आदित्य पुरीले आफ्नो  बैंकको ब्यालेन्स सिट साइज, निक्षेप, प्रतिशेयर आम्दानी, मुनाफा लगायतका वित्तीय सूचकमा ठूलो सुधार ल्याएका छन् । साथै, उनी भारतका महंगा बैंकर पनि बनेका छन् ।

Comments

Back to top