मस्कले ल्याए युट्युब जस्तो सेवा!

ट्विटरका नयाँ मालिक एलन मस्कले युट्युब जस्तै सेवा सुचारु गर्ने बताएका छन्। 

यस्तै, एलन मस्कले ब्लु-स्टिकर सेवा नोभेम्बर २९ मा पुन: लन्च गर्ने वाचा गरेका थिए, तर मस्क आफैले फेरी लन्च स्थगित गर्ने निर्णय गरेको बताए । एलन मस्कको विश्वासको कमीले गर्दा निलो सेवा पुन: ल्याउने कार्यक्रम स्थगित भएको जनाईएको छ।

अर्कोतर्फ, मस्कले ट्वीटमा दैनिक सक्रिय प्रयोगकर्ताहरूको डाटा साझा गरेका छन्, जसका कारण ट्विटर अहिलेसम्मकै उच्च स्थानमा पुग्न सफल भएको छ।

Comments

Back to top