टिसिएलले सार्वजनिक गर्‍यो विश्वकप लक्षित नयाँ योजना!

अन्तराष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गर्दै एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले 'फुटबल हंगामा' नामक योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार ग्राहकहरूले  टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टिसर्ट प्राप्त गर्न सक्ने फुटबल हंगामा योजनाअन्तर्गत रहेको  जनाएको छ।  टिसिएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके टेलिभिजन पनि जित्न सक्नेछन्।

बम्पर उपहारमा सहभागी हुन टिसिएल टाइप गरी आफ्नो नाम र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखेर ३१००३ मा ग्राहकहरूले  एसएमएस गर्नुपर्ने छ। यो योजना मंसिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी लागू हुने कम्पनीले जनाएको छ।

Comments

Back to top