द ग्रेटवाल अफ चाइना’ का यी रोचक तथ्य!

चीनमा बिभिन्न आश्चर्य लाग्ने खालका विकास निर्माणका कामहरु भएका छन् । पछिल्लो समय चीनमा निर्माण भएका बिभिन्न अनौठा चिजहरुले विश्वमा निक्कै चर्चा पाईरहेका छन् ।

त्यस्तै बर्षौ देखि चर्चाको बिषय बनेको द ग्रेटवाल अफ चाईनाको रोचक कुराहरुका बारेमा सायदैलाई मात्र थाहा होला । ग्रेटवाल एक मानव निर्मित आकृति हो जसलाई चन्द्रमाबाट समेत देख्न सकिन्छ ।

द ग्रेटवाल अफ चाईना विश्वको ७ औं आश्चर्यका रुपमा चिनिन्छ । ग्रेटवाल सातौँ शताब्दीमा करिब २८०० साल पहिले बनाउन शुरु गरिएको थियो । ग्रेटवाल पूरा हुन करिव २००० वर्ष लागेको थियो । यो विश्वप्रसिद्ध वालको निर्माण राजा किन शिहुआंगले गरेका थिए । कुनै समय यसलाई मपंत, परपल फ्रन्टयर, अर्थ ड्रैगन जस्ता विभिन्न नामले चिनिथ्यो ।

१९ औँ शताब्दीम यसको अफिसियल नामा ग्रेट वाल अफ चाइना राखिएको हो । यसको कुनै भाग आपसमा जोडिएका छैनन् ।

यदी यसका सबै भाग जाड्ने हो भने यसको कूल लम्बाई ८ हजार ८ सय ४८ किलोमिटर हुन जान्छ । यसको उचार्इ मात्रै करिव ३५ फिट रहेको छ । एक अनुमान अनुसार यो वाल बनाउनको लागि २० देखि ३० लाख मानिसले आफ्नो पूरै जीवन व्यतित गरेका थिए ।

ग्रेटवालको चौडाई पनि एक साथ ५ घोडा वा १० मानिस पदैल हिड्न मिल्ने खालको छ । त्यसो त यो वाल दुस्मनबाट बच्नको लागि बनाइएको थियो । तर पछिल्लो समय यसको विकास पर्यटकीय क्षेत्रका रुपमा रहेको छ । यो वालको निर्माणका क्रममा ज्यान गुमाउनेहरुलाई त्यही गाडिन्थ्यो । त्यसैले यसलाई विश्वकै लामो चिहानका रुपमा समेत लिइन्छ ।

चीनमा आक्रमण गर्न आउने दुश्मनहरुलाई हेर्नका लागि वालका बीच–बीचमा प्वालहरु पनि राखिएका छन् । यो वाल बनाउन ढुंगासँगै चामलको पीठो प्रयोग गरिएको थियो । यहाँ हरेक वर्ष एक करोड पर्यटकले भ्रमण गर्ने गरेको पाईएको छ।

साभार : लोकपाथ 

Comments

Back to top