मृगौला रोगको लक्षणहरु के-के हुन् ?

हाम्रो शरीरमा दायाँ र बायाँ पट्टी एक-एक वटा गरी जम्मा दुई वटा मृगौला हुन्छ । मृगौलाको काम शरीरलाई शुद्धीकरण गर्नु हो ।

मृगौला फेल भनेको मृगौलामा कुनै रोगको कारणले मृगौलाले काम गर्न नसक्ने अवस्था हुनु हो । यदि कसैको एकमात्र मृगौला ड्यामेज भएको छ भने एउटा मृगौला फेल भएको भन्ने बुझ्न सकिन्छ । यसलाई मृगौला फेल/ड्यामेज भनेर बुझिन्छ ।

मृगौला शरीरको फिल्टर मेसिन हो । जसरी हामी पानीलाई फिल्टर गरेर पानी पिउने गर्छौं, ठिक त्यसरी नै हाम्रो मृगौलाले शरीरमा भएको रगतलाई फिल्टर गराएर मुुटुमा पठाउने गर्छ ।

हामिले दुषित पानीलाई फिल्टर नगरी पिउँदा जसरी जन्डिस, झाडापखाला जस्ता समस्या आउँछ, त्यसरी नै मृगौला खराब हुँदा मृगौलाले रगत फिल्टर गर्न नसकेर फिल्टर नभएको रगत मुटुले लिँदा शरीरमा विभिन्न रोगहरु उत्पन्न हुने गर्छ । यसरी उत्पन्न भएको रोग औषधि खाएर ठिक हुँदैन, यसलाई ठिक गर्न मृगौला नै ठिक गरी रगत फिल्टर गराउनको लागि मृगौलालाई बलियो बनाउन आवश्यक पर्दछ ।

यदि मृगौला ड्यामेज भएर मृगौलाले शरीरको रगत फिल्टर गर्न नसके रगतमा प्रत्येक सेकेन्ड समयमा फोहोरको मात्रा बढिरहेको हुन्छ र शरीरमा भएको रगत अति नै दुषित भएर शरीर सुन्निने, घाउ खटिरा आउने, शरीर चिलाउने, शरीर भित्र किरा कुदि रहेको महसुस हुने, पिसाब बन्द हुने वा पिसाव बाट रगत निस्कने जस्ता विभिन्न समस्या भै कष्टकर र पिडादायी मृत्यु हुन्छ ।

मृगौला खराबीका लक्षणहरु:  

पिसाबको मात्रा घट्ने वा बढ्ने
पिसाबमा फिँज आउने
पिसाब पोल्ने
पिसाबमा रगत आउने
कमजोरी हुने
जति बेलै जाडो मात्रै भै रहने
छाला चिलाउने
एलर्जी निस्किने
बमिट हुने
स्मरण क्षमता घट्ने
निन्द्रा नलाग्ने
भोक नलाग्ने
खुट्टा सुन्निने
शरीर सुन्निने
पेट फुल्ने
खटीरा निस्कने
पिसावको रंगमा परिवर्तन हुने
मुटुको धड़कनमा समस्या आउने

यस्ता लक्षण देखिए मृगौलामा समस्या आउन सुरु भएको हुन सक्छ । यसलाई मृगौला फेलको लक्षणहरु भनेर बुझ्न सकिन्छ।

मृगौला रोगको संकेत सुरुमा थाहा पाउन अति नै गाह्रो हुन्छ । जब ७० देखि ८० प्रतिशत भन्दा बढी मृगौला खराबी हुन्छ तब मृगौला फेलका लक्षणहरु देखिन सुरु हुन्छन । त्यसैले ६/६ महिनामा मृगौला चेकअप गरिरहन आवस्यक पर्दछ ।

६/६ महिनामा चेक अप गर्न नसके कम्तिमा १/१ वर्षमा अवस्य मृगौला चेकअप गर्न आवस्यक पर्दछ । मृगौला रोगबाट धेरै मानिसहरुको मृत्यु हुने गर्छ. त्यसैले यसको अति नै ख्याल गर्नु पर्छ।  
 

Comments

Back to top