ओखरका फाइदा यस्ता छन् !

ओखर खानु स्वास्थ्यका दृष्टिकोणले राम्रो हो । दिनहुँ ओखर खाँदाका फाइदा यस्ता छन्ः मुटु बलियो बनाउँछ ओखरमा ओमेगा–२३ तथा मोनोस्याचुरेटेड फ्याट प्रचुर मात्रामा पाइन्छ । ओखरमा पाइने विभिन्न तत्वले मुटुलाई कोलेस्टेरोललगायत समस्याबाट जोगाउँछ । 

हरेक दिन २५ ग्राम ओखर खानाले उच्च रक्तचाप र मुटुसम्बन्धी रोग लाग्ने जोखिम कम हुन्छ । हड्डी बलियो बनाउँछ ओखरमा पाइने लिनोलिक एसिड, अल्फा लिनोसलक एसिडले हड्डीलाई मजबुत बनाउँछ। शरीरको समग्र प्रणाली सुधार्छ ओखरमा पाइने विभिन्न प्रकारका एसिडले शरीरमा खनिजको मात्रा घटाउँछ । ओखर खानाले शरीरमा कपर, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंकलगायत खनिजको कमी हुन पाउँदैन ।

मधुमेहमा राहत दिन्छ मधुमेहका रोगीले दिनहँु ओखर खानु उपयुक्त हुन्छ । दिनहँु ओखर खाँदा वजन पनि बढ्दैन । ओखरमा प्रचुर मात्रामा पाइने पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याटले रगतमा चिनी र इन्सुलिनको मात्रालाई सन्तुलनमा राख्न मद्दत गर्छ । क्यान्सरबाट जोगाउँछ ओखर खानाले शरीरमा क्यान्सरग्रस्त कोषिकाहरूको वृद्धि कम हुन्छ । 

ओखरमा पाइने फेनोलिक कम्पाउन्ड र एन्टी अक्सिडेन्टले क्यान्सरग्रस्त कोषिकाको वृद्धिमा अवरोध सिर्जना गर्ने विभिन्न अनुसन्धानले देखाएका छन् । जलन कम गर्छ ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ । भिटामिन प्रदान गर्छ ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो ।

ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६जस्ता अत्यावश्यक तŒव पाइन्छन् । अनिद्रा भगाउँछ अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो । सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ। ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ ।

यसरी, ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ, जसले मस्तिष्कलाई स्वस्थ्य राख्न सघाउँछ । त्यसो त ओखरको तेल छाला र केसलाई मुलायम एवं चम्किलो बनाउन पनि प्रयोग गरिन्छ ।
 

Comments

Back to top