प्रदेश १ लोकसेवा आयोगले चौथो र पाँचौं तह मा ६२२ स्वास्थ्यकर्मीको आवेदन खुलाएको छ :

प्रदेश लोक सेवा आयोग, प्रदेश नं १, विराटनगर,स्थानीय सरकारी सेवातर्फ देहायका सेवा, समूह, उपसमूह र तह (खुला र समावेशी) मा पदहरू भएकाले प्रतिस्पर्धात्मक परीक्षा मार्फत पदपूर्ति गर्नुपर्ने भएकाले  निम्नानुसार योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ।

तोकिएको न्यूनतम योग्यता पूरा गर्ने उम्मेदवारहरूले आयोगको अनलाइन आवेदन प्रणाली https://psconline.p1.gov.np मार्फत आवेदन दिन सकिनेछ । प्रतिस्पर्धात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूलाई प्राथमिकताको क्रम अनुसार स्थानीय तहमा सिफारिस गरिनेछ। यसरी सिफारिस गरिएका उम्मेदवारहरूलाई सम्बन्धित स्थानीय तहले स्थायी नियुक्ति दिनेछ। सेवा सर्त र तलब र अन्य सुविधा प्रचलित कानून बमोजिम हुनेछ।

Comments

Back to top