स्विट्जरल्याण्डद्वारा विश्वभरका ३५ लाख बैंक खाताको विवरण सार्वजनिक!

स्विट्जरल्याण्ड सरकारले विश्वका एक सय एक देशका बैंक खाताहरुको विवरण सार्वजनिक गराएको छ। स्विस सङ्घीय कर प्रशासनले ३५ लाख खाताको वित्तीय विवरण सम्बन्धित देशलाई उपलब्ध गराएको हो।

कर अनुशासन सुधार गर्न र कर-छली रोक्न भारत तथा स्विट्जरल्याण्डबीच सन् २०१८ मा बैंक खाता विवरण साझा गर्नेसम्बन्धमा द्विपक्षीय सम्झौता भएको थियो। सो सहमतिअनुसार नै स्विस सरकारले उक्त विवरण भारतलाई उपलब्ध गराएको हो। 

स्विस बैंकमा खोलिएको खाताको विवरणबाट सम्बद्ध निकायलाई खातावालाले दिएको जानकारी वास्तविक भए-नभएको छानबिन गर्न कर अधिकारीहरूलाई सहज हुने बताईएको छ।

Comments

Back to top