एशियाली चिप निर्माता कम्पनीको सेयरमूल्य ओरालो लाग्दै!

अमेरिकाले चीनलाई प्रविधिको बिक्रिमा बन्देज लगाउने नँया कठोर उपायहरुको घोषणा गरेपछि बुधबार एशियाका प्रमुख कम्प्युटर चिप निर्माता कम्पनीहरुको सेयरमूल्य ओरालो लागेको छ । 

बुधबार ताइवानी चिप निर्माता कम्पनी टीएसएमसीको सेयरमुल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै, टोकियो इलेक्ट्रोनको ठुलो चिप निर्माता कम्पनीको सेयरमुल्य पनि घटेको छ । 

चीनको सैन्य र प्राविधिक उन्नति नियन्त्रण गर्न नयाँ नियम ल्याइएको अमेरिकाले बताएको छ ।

Comments

Back to top