चन्द्रमालाई उपनिवेश बनाउन मार्ग खुल्दै: चन्द्रमामा बिरुवा उब्जनी गरिँदै
अष्ट्रेलियाका वैज्ञानिकहरूले शुक्रबार अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने योजना रहेको छ । यसले भविष्यमा चन्द्रमालाई उपनिवेश बनाउन मार्ग प्रशस्त गर्ने बताइएको छ ।
क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वनस्पति विज्ञ ब्रेट विलियम्सले निजी इजरायली चन्द्र अभियान अन्तर्गतको बेरेशिट २ अन्तरिक्ष यानले बिउ बोक्न बताएका छन् ।
यान अवतरणपछि सिल गरिएको कक्षभित्र बिउलाइ पानी दिइनेछ । बिज अंकुरण र वृद्धिको संकेतबारे निरन्तर निगरानी गरिनेछ । चरम परिस्थिति राम्रोसँग सामना गर्न सक्ने र चाँडो अंकुरण हुने विरुवा छनोट गरिने उनले बताए । एउटा सम्भावित छनोट भनेको अष्ट्रेलियाको ‘पुनरुत्थान घाँस’ हो जुन निष्क्रिय अवस्थामा पानीबिना बाँच्न सक्छ ।
यस्तै, विश्वका स्पेस एक्सजस्ता कम्पनीहरुले पनि चन्द्रमा तथा मंगल ग्रहमा पनि बस्ती बसाल्ने प्रयास गरिरहेका छन्।
Comments