सिङ्गापुरद्वारा हानिकारक अनलाइन सामग्रीलाई नियन्त्रण गर्न नयाँ कानून प्रस्ताव
सिङ्गापुरद्वारा हानिकारक अनलाइन सामग्रीलाई नियन्त्रण गर्न नयाँ कानून प्रस्ताव गरेको छ ।
सिङ्गापुरको संसद्मा सोमबार पेश गरिएको प्रस्तावित कानूनअन्तर्गत ‘हानिकारक’ सामग्रीमा पहुँच गर्नबाट प्रयोगकर्तालाई रोक्न नसकेमा सिङ्गापुरमा सामाजिक सञ्जाल साइटहरू ब्लक वा जरिवाना गर्न सकिने छ ।
विधेयकअन्तर्गत नियामकहरूले सामाजिक सञ्जालहरूलाई हिंसा र आतङ्कवादको वकालत गर्ने वा बाल यौन शोषणको चित्रण गर्ने जस्ता ‘घृणित सामग्रीहरू’ ब्लक गर्न आदेश दिन सक्दछन् ।
सञ्चार तथा सूचना मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिंगापुरमा सार्वजनिक स्वास्थ्य जोखिम निम्त्याउने वा जातीय तथा धार्मिक वैमनस्यता निम्त्याउने सामग्रीपनि समावेश गरिएको छ ।”
मन्त्रालयले भनेको छ, “केही अनलाइन सेवाहरूले हानिकारक सामग्रीलाई सम्बोधन गर्ने प्रयास गरेका छन्, तर उच्च स्तरको डिजिटल प्रवेश र सिंगापुरका प्रयोगकर्ताहरूबीच अनलाइन सेवाहरूको व्यापक प्रयोग बालबालिकासहित हानिकारक अनलाइन सामग्रीको व्यापकता चिन्ताको विषय बनेको छ ।”
नियामकहरूले प्लेटफर्महरूलाई सिंगापुरमा प्रयोगकर्ताहरूले पहुँच गर्नबाट एक विशिष्ट खाता ब्लक गर्न आदेश दिन सक्दछन्, तर आदेशहरू निजी संचारमा लागू हुनेछैनन् ।
यो विधेयकमाथि नोभेम्बरमा संसद्मा छलफल हुनेछ । यदि यो पारित भयो भने, यसले अधिकारीहरूलाई अनलाइन सामग्री नियन्त्रण गर्न अर्को सुविधा दिनेछ ।
Comments