आशा लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम मौका

आशा लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ  । लघुवित्तले गत असोज ४ गतेदेखि  सेयर बिक्रीमा ल्याएको थियो ।  कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।

यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

Comments

Back to top