बाल्टिक सागरमा ग्यास चुहावट

नोर्ड स्ट्रिम १ र २ पाइपलाइनबाट मङ्गलबार डेनमार्कको जल क्षेत्रमा ग्यास चुहावट भएको छ । चुहावटले २०० देखि १,००० मिटर व्याससम्म त्यसको प्रत्यक्ष असर परेको डेनिस सेनाले जनाएको छ।

सबैभन्दा ठूलो चुहावटले ०.६२ माइल व्यासमा फोकाहरू फैलाएको छ भने सबैभन्दा सानोले करिब २०० मिटर (६५६ फीट) व्यासको घेरा सृर्जना गरिरहेको सेनाले डेनिस टापुको चुहावटको तस्बिर सार्वजनिक गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ ।

Comments

Back to top