डलरको भाउ र विश्वव्यापी मन्दीको डर बढ्दै जाँदा कच्चा तेलको मूल्यमा भारी गिरावट !

कच्चा तेलको मूल्य सोमबार पनि निरन्तर ओरालो लाग्दै गएर जनवरीपछिको सबैभन्दा कम स्तरमा झरेको छ । विश्वव्यापी मन्दीको डर बढ्दै जाँदा हप्तौंको गिरावट जारी छ । मुद्रास्फीति दर ऐतिहासिक रूपमा उच्च रहेको छ र अमेरिकी डलरको बलियो प्रदर्शनले मागलाई कम गरिरहेको छ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य जनवरीयता पहिलो पटक प्रतिब्यारेल ८५ डलरभन्दा तल झरेको छ ।

नोभेम्बरको लागि ब्रेन्ट फ्युचर्स प्रारम्भिक कारोबारको समयमा १.५% भन्दा बढी ले घटेर लगभग ८४.५१ डलरमा झरेको थियो, जुन लण्डनको समयअनुसार बिहान ९.४४ मा ८५.३४ डलर मा सुधार भएको थियो।

अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) सोमबार बिहान प्रति ब्यारेल ७७.२२ अमेरिकी डलरमा झरेको छ, जुन जनवरीको सुरुदेखिकै सबैभन्दा कम हो ।

तेलको मूल्यमा आएको लगातार गिरावटको हप्तौंदेखि जारी छ, जसका कारण दुवै बेन्चमार्क गत शुक्रबार जनवरीयताकै सबैभन्दा तल्लो स्तरमा झरेका छन् ।

मन्दीको व्यापक डर र अमेरिकी डलरको बलियो प्रदर्शनले तेलको विश्वव्यापी मागलाई कम गरेको छ।

अन्य ६ प्रमुख मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य मापन गर्ने डलर इन्डेक्स बुधबार २० वर्षयताकै उच्च विन्दुमा पुगेको छ र अन्य मुद्रा प्रयोग गर्ने खरिदकर्ताले त्यति नै डलरबराबरको कच्चा तेल खरिद गर्न बढी खर्च गर्नुपर्नेछ ।

Comments

Back to top