इलेट वेभ सिद्धान्त अनुसार बजारको अनुमानित बटम कहाँ ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

 

 

यसल

खस्दो बजारमा नेप्सेले बुलिस स्पिंनिंग टप क्यान्डल बनाउदै १८३१.०६ बिन्दुमा बन्द भएको छ l बजारमा भोलुम कम आएकोले नयाँ खरिदको निमित कन्फरमेसन भने दिन सक्ने अवस्थामा नरहेको स्पष्ट अनुमान लगाउन सकिन्छ l 

सपोर्ट र रेसिस्टेन्स : 

 

 

घट्दो बजारको पहिलो सपोर्ट १८०० बिन्दु आसपासलाई सपोर्ट मानेर बजार फर्किएको छ l अर्को तर्फ यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १७१५ आसपास रहेको आँकलन गर्न सकिन्छ l 

बोलिंजर ब्याण्ड :

लोवर ब्याण्डलाई निरन्तर वियरिस क्यान्डलले  छुनुको साथै अपर र लोवर ब्याण्डको दुरी बढेसँगै रिस्क  बढेर गएको छ l त्यसकारण, सुरक्षित खरिदको निमित्त क्यान्डलले लोवर ब्याण्डलाई छोड्न आवश्यक छ l 

आर.एस.आई

  

 

आर.एस.आई  २६ बिन्दु आसपास आएको हुँदा ओभर सोल्ड जोनमा आइसकेको छ l तथापि, आज भने केही अंक बढेको छ तर फेरी बजार खस्दछ भने चाहिँ  नयाँ सपोर्ट २३ बिन्दु आसपासमा रहेको आंकलन गर्न सकिन्छ l 

 

एम.ए .सी.डी 

 

यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम फेरी बढ्न थालेको देख्न सकिन्छ, जुन आफैमा नकारात्मक कुरा  हो  l यसले खरिद निर्णय दिन अरु समय लगाउन सक्ने कुरा बढेको हिस्टोग्रामबाट अनुमान लगाउन सकिन्छ l  त्यसैगरी , सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ l 

 

डी.एम .आई

 

 

डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिएको छ,  जुन आफैँमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि निरन्तर  बढेको हुँदा खरिद चाप हराउँदै गएको स्पष्ट अनुमान लगाउन सकिन्छ l


 

इलेट वेभ सिद्धान्त अनुसार बजारले १७१५ आसपासमा बलियो सपोर्ट लिन सक्ने अनुमान लगाउन सकिन्छ l सबै इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी नकारात्मक नै देखिएको हुँदा नयाँ खरिद दसैँ अगाडी आउन नसक्ने अनुमान लगाउन सकिन्छ l 

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

Comments

Back to top