गरिमा विकास बैंक लिमिटेडमा रोजगारीको अवसर
गरिमा विकास बैंक लिमिटेड एक अग्रणी राष्ट्रिय स्तरको विकास बैंक हो l यस बैंकले आफ्नो विद्यमान कर्मचारी बललाई सुदृढ गर्न दक्ष, परिणाममुखी, ऊर्जावान र आत्म-प्रेरित नेपाली नागरिकहरूबाट निम्न पदका लागि आवेदनहरू आह्वान गरेको छ।
१ . विज्ञापन नम्बर: ०१-२०७९/०८०
पद: सिनियर अफिसर / अफिसर / जुनियर अफिसर / डिजिटल बैंकिङ (इकाई प्रमुख)
कार्यस्थल: प्रधान कार्यालय, लाजिम्पाट
रिक्तता संख्या: एक
योग्यता र अनुभव:
सान्दर्भिक विषयहरूमा न्यूनतम स्नातक डिग्री गरेको हुनु पर्ने ।
न्यूनतम तीन वर्षको डिजिटल बैंकिङ अनुभव र हाल कुनै पनि A, B, वा C वर्गको बैंक तथा वित्तीय संस्थामा कम्तीमा तत्काल तल्लो तहमा काम गरेको हुनुपर्ने ।
उमेर: पुरुषहरूको लागि ४० वर्ष र महिला आवेदकहरूको लागि ४५ वर्ष ।
२. विज्ञापन नम्बर: ०२-२०७९/०८०
पद: सुपरभाइजर/सिनियर असिस्टेन्ट / असिस्टेन्ट , डिजिटल बैंकिङ
कार्यस्थल: प्रधान कार्यालय, लाजिम्पाट
रिक्त पदहरूको संख्या: केहि
योग्यता र अनुभव:
सान्दर्भिक विषयहरूमा न्यूनतम १०+२ गरेको हुनुपर्ने ।
न्यूनतम दुई वर्षको डिजिटल बैंकिङ अनुभव र हाल कुनै पनि क , ख वा ग वर्गको बैंक तथा वित्तीय संस्थामा कम्तीमा तत्काल तल्लो तहमा काम गरेको।
उमेर: पुरुषको लागि ३५ वर्ष ननाघेको र महिला आवेदकहरूको लागि थप ४० वर्ष।
योग्य इच्छुक उम्मेद्वारहरूले यो लिङ्क https://garimabank.com.np/career मा गएर ११ अक्टोबर २०२२ भित्र आवेदन दिन सक्नेछन्।
Comments