लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्राविधिक तथा गैर-प्राविधिक पदका लागि गर्यो दर्खास्त आव्हान

लुम्बिनी प्रदेश सरकार,  प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले करार सेवामा कर्मचारी नियुक्ति सम्बन्धी सूचना प्रकाशन गरेको छ l

प्रादेशिक पूर्वाधार विकास प्राधिकरण, राप्ती उपत्यका, देउखुरी, ड्याड अन्तर्गतको जग्गा एकीकरण योजनाको लागि केही पदमा करार सेवाका लागि दक्ष र अनुभवी जनशक्ति आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको हो । विज्ञापन सम्बन्धी विस्तृत जानकारी यस कार्यालयको वेबसाइट https://ida.lumbini.gov.np मा उपलब्ध छ।

इच्छुक आवेदकहरूले यस कार्यालयको इमेल [email protected] मार्फत वा व्यक्तिगत रूपमा कार्यालयमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक शैक्षिक प्रमाणपत्र र अनुभवको प्रमाणपत्रसहित आवेदन दिन सक्नेछन्।

Comments

Back to top