मुक्तिनाथ विकास बैंकले खुलायो विभिन्न पदमा रोजगारीको अवसर

मुक्तिनाथ विकास बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। बैंकले क्रेडिट एनालिस्ट, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र एक्जिक्युटिभ सेक्रेटरीमा केही संख्यामा कर्मचारी मागेको हो।

बैंकले केन्द्रीय कार्यालयका लागि क्रेडिट एनालिस्ट पदमा दरखास्त आह्वान गरेको हो। अन्य पदमा काठमाण्डौ उपत्यका र बाहिर रहेका बैंकका शाखाहरुका लागि कर्मचारी भर्ना गर्न लागिएको बैंकले बताएको छ।

इच्छुक उम्मेदवारले बैंकको बेवसाइटमा गई असोज ५ गतेसम्म अनलाइन दरखास्त पेस गर्नुपर्नेछ। 

Comments

Back to top