कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न पदका लागि गर्यो दरखास्त आव्हान

कागेश्वरी मनोहरा नगरपालिका दाँची, काठमाडौंले करारमा कर्मचारी पदपूर्ति  सम्बन्धमा जानकारी गराएको छ ।

नगरपालिकाअन्तर्गतको कागेश्वरी मनोहरा नगरपालिका कार्यालय र मुलपानीनगर अस्पतालमा प्राविधिक कर्मचारी चाहिएको हुनाले योग्यता पुगेका नेपाली नागरिकबाट १५ दिनभित्र दरखास्त दिन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नोट: यस सम्बन्धमा विस्तृत जानकारी र आवेदन फारम नगरपालिकाको वेबसाइट www.kageshworimanoharamun.gov.np बाट डाउनलोड गर्न सकिन्छ।

Comments

Back to top