फर्वार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘डी’ श्रेणीको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो। यस संस्थाले देशका सातै प्रदेशका तराई र पहाडका ४० जिल्लाका गरिब परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
हाल यस संस्थाको केन्द्रीय कार्यालय दुहबी, सुनसरीमा निम्न पदहरू रिक्त भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुलाई यस संस्थाको कार्यालय समयभित्र भाद्र २४ गते दुहबी, सुनसरीमा दरखास्त फाराम बुझाउन आमन्त्रण गरेको छ । आवेदन फारम यस संस्थाको वेबसाइट www.forwardmfbank.com.np बाट डाउनलोड गर्न सकिन्छ। आवेदन फारमको साथमा आवश्यक कागजातहरू पठाउनुपर्छ।
Comments