सनराइज बैंकमा रोजगारीको अवसर

सनराइज बैंकले केही पदहरूमा रोजगारी खुलाएको छ । बैंकले योग्य नेपाली उम्मेदवारहरूबाट निम्न पदहरुमा आवेदन आव्हान गरेको छ ।

१. आईटी विभाग: व्यवस्थापकीय स्तर-१

स्तर: सहायक प्रबन्धक देखि उप प्रबन्धक स्तर

  • आईटी पृष्ठभूमिको साथ मान्यता प्राप्त विश्वविद्यालयबाट मास्टर डिग्री हुनुपर्छ।
  • आईटी विभाग वा वाणिज्य बैंकको सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्छ।
  • नेटवर्क र आईटी सुरक्षामा अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

२ .आईटी विभाग: CBS/MIS प्रशासक-१

स्तर: अधिकारी स्तर को सुपरभाइजर

  • आईटीको साथ मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक डिग्री हुनुपर्दछ ।
  • फिनाकल कोर बैंकिङ प्रणालीको कर्जा व्यवस्थापन र ट्रेड फाइनान्स कार्यहरू सहित बैंकिङ सञ्चालनको बलियो ज्ञान हुनुपर्दछ। फिनाकल कोर बैंकिङ सफ्टवेयरमा कम्तिमा २ वर्षभन्दा बढीको अनुभव हुनुपर्दछ।
  • CBS अनुकूलन र विकासको ज्ञान भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

३. चार्टर्ड एकाउन्टेन्ट (CA)-केही

कनिष्ठ अधिकारी देखि अधिकारी स्तर सम्म

  • मान्यता प्राप्त संस्थानबाट चार्टर्ड एकाउन्टेन्सी (CA) पूरा गरेको हुनुपर्छ।
  • वित्तीय क्षेत्रमा अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

नोट: बैंकमा काम गर्ने उम्मेदवारको हकमा कम्तीमा एक वर्षको अनुभव भएको हुनुपर्छ।

आवेदन दिने तरिका:

माथि उल्लिखित मापदण्डहरू पूरा गर्ने उम्मेदवारहरूले १६ अगस्ट, २०२२ भित्र https://career.sunrisebank.com.np मार्फत आवेदन दिन सक्छन्।

कर्पोरेट कार्यालय र मुख्य शाखा: सनराइज प्लाजा, गैरीधारा, काठमाडौं, नेपाल

टेलिफोन:०१-४९०४५५१

Comments

Back to top