बिहेपछि नारीमा आउने ४ परिवर्तन
जीवनको हरेक पाइलामा मानिसमा कुनै न कुनै परिवर्तन आई नै रहन्छन् । यसका धेरै कारणमध्ये पालनपोषण, वरपरको परिस्थिति र मनस्थिति पनि हो। यसले गर्दा मानिसको व्यक्तित्त्वले एउटा रूप लिन्छ जुन उसको पहिचान बन्छ । तर, परिवर्तनको यो प्रक्रिया यहीँ रोकिँदैन किनकी सम्बन्धका लागि पनि मानिसले आफूमा धेरै परिवर्तन ल्याइदिन्छ । खासगरी बिहे गरेपछि वैवाहिक जीवनले महिला पुरुष दुवैमा धेरै परिवर्तन ल्याईदिन्छ ।
विवाहपछि, कहिलेकाहीँ प्रेम विवाह गर्ने जोडीलाई एकअर्काको डेटिङ पिरियड पनि याद आउँछ । तब उनीहरुले आफ्नो पार्टनर अहिले धेरै परिवर्तन भएको आभास पाउँछन् । खासगरी महिलाको हकमा यो धेरै पटक भनिन्छ । तर, प्रायः पुरुषहरूले बुझ्ने प्रयास गर्दैनन् कि विवाहपछि महिलाहरू परिवर्तन किन हुन्छन् भनेर। यदि तपाईं जान्न चाहानुहुन्छ भने, हामी विवाहपछि महिलामा हुने केहि परिवर्तन र यसको कारणहरूबारे बताउँदै छौँ ।
पहिलाजस्तो बालापन नरहनु:
हुर्किसकेपछि पनि मानिस आफ्नो आमाबुवाको लागि सधैँ बच्चा नै हुन्छ । यही कारणले गर्दा नारीहरु माईतीघरमा बस्दा उनीहरुको व्यवहारमा केही बालापन हुन्छ । तर, बिहेपछि उनीहरुको स्वभाव गम्भीर बन्दै जान्छ । यस्तो किन हुन्छ भन्दा नारीहरु राम्रोसँग बुझ्छन् कि नयाँ सम्बन्धसँगै नयाँ जिम्मेवारी पनि थपिएको छ भनेर।
पहिलेको जस्तो पार्टनरसँग समय बिताउन नसक्नु:
“विवाहअघि हामी धेरै घुम्ने गर्दथ्यौं तर अहिले मेरी श्रीमतीले मेरो लागि समय निकाल्दिनिन् । उनी बदलिएकी छिन्।” यदि तपाई पनि यस्ता गुनासो गर्ने विवाहित पुरुष मध्ये एक हुनुहुन्छ भने जान्नुहोस् कि तपाईको श्रीमतीमा भएको यो परिवर्तन कुनै कारणले भएको हो । बिहेअघि उनीहरुसँग धेरै समय हुने गर्दथ्यो । तर बिहेपछि घरको जिम्मेवारी उनीहरुमाथि हुन्छ, जसलाई पूरा गर्नु उनीहरुको पहिलो प्राथमिकता हुन्छ । खासगरी बच्चा जन्मिएमा धेरैजसो समय उसको हेरचाहमा बित्छ र डेटमा जान फुर्सद नै हुँदैन ।
पहिलाजस्तो कपडाको शोख नरहनु:
बिहेपछि अधिकांश नारीहरुको लुगा लगाउने बानीमा धेरै परिवर्तन हुन्छ । पहिले सर्ट, जिन्स र स्कर्टमा घुम्ने नारी बिहेपछि सुट वा साडीमा देखिने गर्छिन् । यो हुनुको कारण आज पनि धेरैजसो परिवारमा बुहारीहरुको लुगालाई लिएर परम्परागत् सोँच छ । यो सामाजिक दबाबको कारण पनि हो। सासुलाई बुहारीको लुगामा कुनै समस्या नभए पनि आफन्त र छिमेकीले ‘हेर ! बुहारीले कस्तो लुगा लगाउँछिन्’ जस्ता कुरा काट्न पछि पर्दैनन् । यस्तो दबाबका कारण धेरैजसो महिलाले ग्ल्यामरस लुगालाई विदा गर्छन्।
शारीरिक बदलाव:
सामान्यतया: विवाहपछि धेरैजसो महिलाको रूप पनि परिवर्तन हुन्छ । यसको पछाडिको मुख्य कारण आफूलाई प्रयाप्त ध्यान दिन नसक्नु हो ।आज पनि धेरैजसो घरपरिवारमा सबै कुराको जिम्मेवारी महिलाको हुन्छ । यदि उसले काम गरिरहेको छ भने उसले काम र घर दुवैलाई मिलाउनुपर्ने हुन्छ। यसले गर्दा उनीहरु आफैँलाई ध्यान दिन सक्दैनन् । यसले उनीहरुको तौल बढ्ने वा घट्ने हुनसक्छ । साथै, यसले गर्दा उनीहरुको सौन्दर्य हेरचाहको समय पनि कम हुन्छ र रुपनै बदलिन्छ।
Comments