रुघाखोकीमा औषधिको प्रयोग कति उचित ?

आजकाल वर्षातको मौसम चलिरहेको छ र रुघाखोकीको समस्या पनि बढिरहेको देखिन्छ । हामीले रुघाखोकी लाग्दा औषधि पनि सेवन गरिरहेका हुन्छौँ । ती औषधिको प्रयोग ठीक छ त ? आउनुहोस् यसबारे जानौं ।

रुघाखोकीमा रासायनिक औषधिहरूको प्रयोग गर्नु हानिकारक पनि हुन सक्दछ । रुघाखोकीका लागि प्रयोग भइरहेका अधिकांश औषधिमा हानिकारक प्रयुक्त फिनायल प्रोपेनोलामिन (पीपीए) रसायनले मस्तिस्कमा रक्तस्राव गराउँछ ।

मुलुकमा करिब २० कम्पनीका विभिन्न ब्रान्डका पीपीएयुक्त औषधिहरू भित्रिन्छन् । यसअघि पोखरास्थित मणिपाल शिक्षण अस्पतालले यस्ता औषधि रिफर गर्न रोक लगाएको थियो ।

यसले मस्तिष्कमा स्वतन्त्र रक्त सञ्चार अवरोध गरी रक्तस्राव गराउन सक्छ र एकपल्टमात्र औषधि प्रयोग गर्दा पनि पक्षघात हुनसक्छ । डिकोल्ड, एक्टिफेड, कोल्डरिन, टुसप्रेस, टिक्सिलेक्सलगायत सयभन्दा बढी चक्की र झोल औषधिमा पीपीए मिसाइन्छ । सहजै पाइने त्यस्ता औषधि एलर्जी र शरीरको तौल घटाउन पनि प्रयोग हुन्छ । त्यस्ता औषधि प्रायः बिरामीले चिकित्सकको सल्लाहबिना नै किन्ने गर्दछन् ।

रुघा ठीक नभए के गर्ने ?

यदि रुघा लागेको एक, दुई हप्तामा ठीक नभएमा, लामो समयसम्म रुघा लागिरहेमा, रुघा लाग्दा छालामा कुनै दाग, खटिरा चिलाउने डाबर आदि आएमा, छाती घ्यारघ्यार भई खोकी लागेमा, पिसाब खराब भएमा, रातिमात्र ज्वरो आएमा, लगातार ज्वरो आउने भएमा लगायत अन्य लक्षणहरू उत्पन्न भएमा त्यो रुघामात्र नभै अरू समस्या पनि हुन सक्छ ।

रुघाको साथमा आइपर्ने कतिपय लक्षण सामान्य हुन सक्छन् र कतिपय अति घातक र शीघ्ररूपले हानि पु¥याउने पनि हुन्छन्, जुन रुघाबाहेक अरू रोगको लक्षणका रूपमा आउँछन, जस्तैः रुघाको लक्षण उत्पन्न गर्ने कतिपय संक्रामक महामारीहरू बेलाबेलामा फैलिएर रुघा लागेकै भरमा मानिसको तुरुन्तै मृत्यु भएको पनि हामीले हाम्रै देश नेपालका विकट जिल्लाहरूको समाचार सुनेका छौं । त्यसैले सामान्य नियमहरू पालना गर्दा रुघामा आराम नभएमा र लक्षणहरूछिटो र बढी च्याप्ने खालका भएमा बिरामीले तुरुन्त चिकित्सकलाई देखाई सल्लाह लिइहाल्नुपर्छ ।

Comments

Back to top