रुसमा क्रिप्टोकरेन्सी पूर्णरुपमा बन्देज !

रुसले डिजिटल एसेट्सबाट भुक्तानी गर्न पूर्ण बन्देज लगाएको छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त कानूनमा हस्ताक्षर गर्दै डिजिटल एसेट्स र डिजिटल राइट्सलाई मुद्राको मान्यता नदिने घोषणा गरेका छन्।

यसले गर्दा क्रिप्टोकरेन्सीलाई वस्तु वा सेवा खरिदमा भुक्तानी गर्न प्रतिबन्ध लगाइएको छ। रुसले रुबललाई मात्रै आधिकारिक र वैध मुद्राको मान्यता दिँदै अन्य सबै मुद्रा रसियाभित्र नचल्ने घोषणा गरेको छ।

रुसी सरकार र त्यहाँको केन्द्रीय बैंकबीच क्रिप्टोकरेन्सीलाई के गर्ने भन्ने लामो छलफल पछि नयाँ कानून कार्यान्वयनमा आएको बताइएको छ।

रुसको केन्द्रीय बैंक, बैंक अफ रसियाले गत जनवरीमै क्रिप्टो माथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेको थियो। केन्द्रीय बैंकले भुक्तानी र लगानीमा पूर्णप्रतिबन्ध लगाउन सरकारलाई प्रस्ताव गरेको थियो।

Comments

Back to top