दोहोरो अङ्कको वृद्धि गर्दै नेप्सेले बनायो ‘बुलिश स्पिनिंग टप क्यान्डल’, ट्रेण्ड निरन्तरताको सङ्केत !
आज सोमबार १८.०३ अङ्कले बढेर ०.९०% वृद्धिको साथ नेप्से परिसूचक २०२९.४३ अंकमा बन्द भएको छ। कारोबार भएका २११ कम्पनीमध्ये १४३ कम्पनी उकालो लागेको छन्, २७ कम्पनी ओरालो लागेका छन् भने ९ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका २ उप-समुहबाहेक बाँकि ११ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
बजार पुँजीकरण बढेर २८ खर्ब ९८ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २२७) जसले बजारमा भोलाटाइलिटी धेरै घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा माथि २०२९.४३ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच दिनभर होडबाजी हुँदा अन्त्यमा खरिदकर्ता हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन भन्दा तल – ९.४६ मा आएको देखाउँछ। हिस्टोग्राम बढेर पोजेटिभ ९.६१ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर झुकीरहेको थियो तर अब माथि चढ्न थालेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल – १९.०८ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम केही घटेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको छ। आज – १४ डिएमआई लाइन केही तल फर्किएको छ जसले बजारमा खरिद बढेको जनाउँछ।
४. क्यान्डलस्टिक
नेप्सेले आज ‘बुलिश स्पिनिंग टप क्यान्डल’ बनाएको छ जसले ट्रेण्ड निरन्तरताको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन –६७०१ देखि बढेर – ६५८५ मा आएको छ। नेप्सेको कुल भोल्युम २८१५४०३ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४५३५३०६) को ६२ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्डभन्दा माथि २०२९.४३ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल –९.४६ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल –१९.०८ मा देखिएको छ भने हिस्टोग्राम हिजो भन्दा बढेर ९.६१ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम हल्का बढेको देखाउँछ।
+१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको छ। आज – १४ डिएमआई लाइन केही तल फर्किएको छ जसले बजारमा खरिद बढेको देखिन्छ। आज आरएसआइ ५०.२२ बाट बढेर ५२.४४ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९२८ को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २०९० को एरिया रहेको देखिन्छ।#nepsetech
Comments