नेप्सेले बनायो ‘बुलिश पिन-बार क्यान्डल’, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहनुपर्ने !
आज बिहिबार १४.७१ अङ्कले बढेर ०.७४% वृद्धिको साथ नेप्से परिसूचक २००१.५३ अंकमा बन्द भएको छ। कारोबार भएका २२० कम्पनीमध्ये ११६ कम्पनी उकालो लागेको छन्, ५५ कम्पनी ओरालो लागेका छन् भने ११ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
बजार पुँजीकरण बढेर २८ खर्ब ५४ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २६८) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा माथि २००१.५४ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच दिनभर होडबाजी हुँदा खरिदकर्ता हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन घटेर जिरो लाइन भन्दा तल -१९.१९ मा आएको देखाउँछ। हिस्टोग्राम बढेर पोजेटिभ ६.२२ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर झुकीरहेको थियो तर अब तल झुक्ने क्रम रोकिएर माथि चढ्न थालेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल – २५.८१ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम घटेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर पुन: तलतिर फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढेको जनाउँछ।
४. क्यान्डलस्टिक
नेप्सेले आज ‘बुलिश पिन-बार क्यान्डल’ बनाएको छ जसले भोलि लगानीकर्ता सावधान रही ‘पर्ख र हेर’को अवस्थामा रहनुपर्ने सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन –६७२६ देखि बढेर –६६६५ मा आएको छ। नेप्सेको कुल भोल्युम ५३४४५२० रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४५७०४६८) को ११७ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्डभन्दा माथि २००१.५३ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल –१९.१९ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल –२५.४१ मा देखिएको छ भने हिस्टोग्राम हिजो भन्दा बढेर ६.२२ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखाउँछ।
+१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर पुन: तलतिर फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढेको देखिन्छ। आज आरएसआइ ४७.४५ बाट ४९.०९ बढेर मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९२८ को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २०९० को एरिया रहेको देखिन्छ।#nepsetech
Comments