नेप्से इन्ट्राडे अपडेट: १० अङ्कको वृद्धि !
आज नेप्से बजार केही अङ्कले बढेको छ।
सुरुवातदेखि हल्का बढेको नेप्से १ बजेसम्म १९९५ को नजिक आएको छ।१०.०५ अंकले बढेर नेप्से परिसूचक १९९६.८६ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्ब ३९ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा गुराँस लघुवित्तीय संस्था रहेको छ जसको ६.५१ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा लक्ष्मी लघुवित्तीय संस्था रहेको छ जसले ४.८१ % गुमाएको छ । #nepseintraday
Comments