सञ्चय कोषमा ५८ जनालाई रोजगारी अवसर
कर्मचारी सञ्चय कोषमा जागिर खुलेको छ।
कोषले खुला प्रतियोगितामार्फत स्थायी पूर्ति गर्न लागेको हो। जसअनुसार कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा ५८ जनाका लागि जागिर खुलाएको छ।
कोषले सहायक पदमा २४ जना, सबइन्जिनिर १ जना, प्रमुख सहायक १, सहायक प्रबन्ध (कानुनु) १, सहायक प्रबन्धक २३ जना, उपप्रबन्धक (वित्त विश्लेषक) २ जना, उपप्रबन्धक ३ जना, प्रबन्धक २ जना वरिष्ठ प्रबन्धक १ जनाका लागि जागिर खुलाएको छ।
इच्छुक उम्मेदवार यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ। दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दरखास्त दिन सकिनेछ।
Comments