नेप्सेमा बन्यो बुलिश ह्यामर क्यान्डल, बुलिश ट्रेण्ड निरन्तरताको सङ्केत !

आज बुधवार १३.३३ अङ्कले बढेर ०.६६% वृद्धिको साथ नेप्से परिसूचक २०४३.९२ अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये १२३ कम्पनी उकालो लागेका छन्, ५९ कम्पनी ओरालो लागेका छन् भने १० कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ३ उप-समुहबाहेक बाँकि १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

बजार पुँजीकरण बढेर २९ खर्ब १५ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: July 6, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर केही बढेको विश्लेषणले देखाउँछ (आजको फरकः २६७) जसले बजारमा भोलाटाइलिटी हल्का बढेको इङ्गित गर्दछ। बजार आज अपर ब्याण्ड भन्दा मुनि २०४३.९२ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ता बीच होडबाजी हुँदा केही खरिद बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा तल  -१५.२५ मा आएको  देखाउँछ। हिस्टोग्राम घटेर पोजेटिभ २६.५५ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल  – ४१.८० मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल र  -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको थियो तर अब तल झुकेको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा खरिदको मोमेन्टम केही घटेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिश ह्यामर क्यान्डल बनाएको छ जसले बजारमा बुलिश ट्रेण्ड रहने सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: July 6, 2022

क्युमुलेटिभ एडी लाइन –६५७१ देखि बढेर –६५०७ मा आएको छ। नेप्सेको कुल भोल्युम ५१६३८८५ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४०९७६११)  को १२६ प्रतिशत देखिएको छ।

नेप्से आज अपर  ब्याण्डभन्दा तल २०४३.९२ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल –१५.२५ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल – ४१.८० मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा घटेर २६.५५ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम केही घटेको देखाउँछ।

+१४ डिएमआई लाइन तल र  -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको थियो तर अब तल झुकेको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा खरिदको मोमेन्टम केही घटेको देखिन्छ। आज आरएसआइ ५०.३० बाट बढेर ५१.७४ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०१५ को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २११५ को एरिया रहेको देखिन्छ।#nepsetech

Comments

Back to top