प्रिओपन सेसनमा ६ अङ्कको वृद्धि
आज प्रिओपन सेसनमा नेप्से ५.८७ अंकले बढेको छ।
मंगलबार भारी अंकले घटेर २०३०.५९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०३६.४६ मा खुलेको हो। १११०४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३८ लाख बराबरको कारोबार भएको छ।
यस्तै, आजको टप गेनरमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ। आज २१ कम्पनीको कारोबार हुँदा २० कम्पनी बढेर कारोबार भएका छन्। #premarket
Comments