नेप्सेमा धेरै पछि ४ अर्बको कारोबार, प्रोफिट बुक हुँदा ९ अङ्कको गिरावट !
आज सोमबार ९.७५ अङ्कले घटेर ०.४७ % गिरावटको साथ नेप्से परिसूचक २०७६.६७ अंकमा बन्द भएको छ। कारोबार भएका २३४ कम्पनीमध्ये ७१ कम्पनी उकालो लागेका छन्, ११६ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ४ उप-समुहबाहेक बाँकि ९ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर २९ खर्ब ६१ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर केही बढेको विश्लेषणले देखाउँछ (आजको फरकः २६९) जसले बजारमा भोलाटाइलिटी हल्का बढेको इङ्गित गर्दछ। बजार आज अपर ब्याण्ड भन्दा मुनि २०७६.६७ मा बन्द भएको छ। आज बजारमा खरिद केही घटेको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन भन्दा तल -२४.०५ मा आएको देखाउँछ। हिस्टोग्राम बढेर पोजेटिभ ३१.४५ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल – ५५.५९ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम जिवितै रहेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएर एक अर्कालाई क्रस गरेका छन्। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको थियो तर अब तल झुकेको छ। आज – १४ डिएमआई लाइन तल फर्किने मोमेन्टम घटेको छ जसले बजारमा खरिद केही घटेको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिश डोजी क्यान्डल बनाएको छ जसले बजारको दिशा निश्चित नभएको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन –६३६८ देखि घटेर – ६४१३ मा आएको छ। नेप्सेको कुल भोल्युम ९४८११९१ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३८४६९७०) को २४६ प्रतिशत देखिएको छ।
नेप्से आज अपर ब्याण्डभन्दा केही तल २०७६.६७ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल –२४.०५ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल – ५५.५९ मा देखिएको छ भने हिस्टोग्राम हिजो भन्दा बढेर ३१.५४ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम हल्का चलिरहेको देखाउँछ।
+१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएर एक अर्कालाई क्रस गरेका छन्। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको थियो तर अब तल झुकेको छ। आज – १४ डिएमआई लाइन तल फर्किने मोमेन्टम घटेको छ जसले बजारमा खरिद केही घटेको देखिन्छ। आज आरएसआइ ५६.८४ बाट घटेर ५५.६५ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०१५ को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २११५ को एरिया रहेको देखिन्छ।#nepsetech
Comments