आइएमई लाइफले भारी मात्रामा माग्यो ‘ब्रान्च म्यानेजर’

आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले धेरै संख्यामा सातै प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले प्रदेश १ अन्तर्गत १५ वटा शाखा कार्यालयका लागि, मधेश प्रदेश अन्तर्गत ११ वटा शाखा कार्यालयका लागि, बागमति प्रदेश अन्तर्गत १७ वटा शाखाका लागि, गण्डकी प्रदेश अन्तर्गत ७ शाखा, लुम्बिनी प्रदेश अन्तर्गत १० शाखा, कर्णाली प्रदेश अन्तर्गत ४ शाखा र सुदुरपश्चिम प्रदेश अन्तर्गत ४ वटा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।

ब्रान्च म्यानेजर पदका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार ३१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top