नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, आगामी हप्ता के होला ?
गत साता ५.५५% ले घटेको नेप्से यो साता ८.९५% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १८६३.४७ को बिन्दुमा खुलेको नेप्से २०५३.३९ को उच्च बिन्दुसम्म पुगेको थियो। नेप्सेले यस साता करिब १६७ अङ्क हासिल गर्यो। हप्ताको अन्तिम कारोबार दिन शुक्रबार लगभग ९ अंक घटेर नेप्से २०२८.७७ मा बन्द भएको छ।
साताभरिमा सबै १३ उप-समुहहरु उकालो लागेका छन् ।
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )
टप ब्रोकर
प्राविधिक विश्लेषण
अघिल्लो साता बियरिश क्यान्डल बनाउँदै ओरालो लागेको नेप्सेले यस साता बुलिश क्यान्डल बनाएको देखिन्छ जसले बजारमा खरिद बढी भएको जनाउँछ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा मुनि भएको छ तर ब्याण्ड भने खुम्चिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव कम हुन थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल – १८२.४९ मा आएको छ र हिस्टोग्राम बढेर -४१.१२ मा पुगेको छ जसले बजारमा खरिद बढेको देखाउँछ । सिग्नल लाईन पनि घटेर जिरो लाईन भन्दा तल -१४१.३७ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र –१४ डिएमआई लाईन तल फर्किएको छ जसले खरिद बढेको बुझाउँछ। आरएसआइ २५.६२ बाट बढेर ३५.७१ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढेको देखिन्छ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २००० को एरिया हुन्छ भने नेप्सेको आगामी दिनको अवरोध २०६० को एरिया देखिन्छ।#nepseweekly
Comments