नेप्सेमा ९ अङ्कको गिरावट, कारोबार रकम भने डेढ अर्ब !
आज शुक्रबार ८.८७ अंकले घटेर ०.४४ % गिरावटको साथ नेप्से परिसूचक २०२८.७७ अंकमा बन्द भएको छ। कारोबार भएका २२१ कम्पनीमध्ये ६२ कम्पनी उकालो लागेका छन्, १२६ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ३ उप-समुहहरुबाहेक अन्य १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर २८ खर्ब ९२ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर केही बढेको विश्लेषणले देखाउँछ (आजको फरकः २६३) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा माथि २०२८.७७ मा बन्द भएको छ। आज बजारमा केही बिक्री बढेको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन भन्दा तल -४६.६६ मा आएको देखाउँछ। हिस्टोग्राम बढेर पोजेटिभ २४.२४ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गईरहेको थियो तर अब माथि फर्केको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल – ७०.९० मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम जिवितै रहेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएर एक अर्कालाई छोएका छन्। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको थियो तर अब तल झुकेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर पुन: माथितर्फ गईरहेको छ। आज – १४ डिएमआई लाइन तल फर्किने मोमेन्टम घटेको छ जसले बजारमा खरिद-दर घटेको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिश डोजी क्यान्डल बनाएको छ जसले बजारको दिशा निश्चित नभएको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन –६४६८ देखि घटेर – ६५३२ मा आएको छ। नेप्सेको कुल भोल्युम ३३५२६१८ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३४७४११४) को ९७ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्डभन्दा माथि २०२८.७७ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल –४६.६६ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल – ७०.९० मा देखिएको छ भने हिस्टोग्राम हिजो भन्दा बढेर २४.२४ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम जिवितै रहेको देखाउँछ।
+१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएर एक अर्कालाई छोएका छन्। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको थियो तर अब तल झुकेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर पुन: माथितर्फ गईरहेको छ। आज – १४ डिएमआई लाइन तल फर्किने मोमेन्टम घटेको छ जसले बजारमा खरिद-दर घटेको देखिन्छ। आज आरएसआइ ५२.०९ बाट घटेर ५१.१० मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९१० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २११५ को एरिया रहेको देखिन्छ।#nepsetech
Comments