नागरिक स्टक डिलरलाई थप कम्पनीहरुको कारोबार गर्न नेप्सेले दियो स्वीकृति
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नागरिक स्टक डिलरलाई थप सूचीकृत कम्पनीहरुको सेयर कारोबार गर्न अनुमति दिएको छ । स्टक डिलरले थप सूचीकृत कम्पनीहरुको कारोबार गर्न अनुमति मागे पछि नेप्सेले स्वीकृति प्रदान गरेको हो ।
धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २, बुँदा नं. ३ बमोजिम कम्पनी छनौट गरी कारोबार गर्न अनुमति प्रदान गरिएको नेप्सेले जनाएको छ ।
कार्यविधि अनुसार स्टक डिलरले विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताहरुको संख्या कम्पनीमा १० हजार रहेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको र १ वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबार भएको कम्पनी हुनु पर्नेछ ।
Comments