सामान्यतया जब सुन्दरता बढाउने कुरा आउँछ, तब हामी सबै मेहनत अनुहारमा लगाउन थाल्छौं। हामी अनुहारसँग सम्बन्धित हरेक समस्यालाई वास्ता गर्छौँ । तर सौन्दर्य भनेको अनुहार मात्र होइन शरीरका अन्य अंगहरु पनि यसको साथमा महत्वपूर्ण हुन्छन् । कुहिनो र घुँडाको बारेमा धेरै कम व्यक्तिहरूले ध्यान दिन्छन्। कहिलेकाहीँ यी सुक्खा र अत्याधिक कालो देखिन्छन्। यसको सरसफाइमा खासै ध्यान नदिइएको कारण यसलाई अधिकतम समय लुगाले ढाक्ने गरिन्छ ।
यदि तपाई पनि यो समस्याबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईंलाई केहि यस्ता घरेलु उपायहरु बताउनेछौँ जुन निकै प्रभावकारी साबित हुनेछन् । यसको नियमित प्रयोगले घुँडा तथा कुहिनोको कालोपनबाट मुक्ति पाउनुहुनेछ र यी भागहरू पनि अनुहार जस्तै राम्रा देखिनेछन्।
कागतीको बोक्राको धुलो र मह प्रयोग
नुहाउनुअघि एक चम्चा सुक्खा कागतीको बोक्राको धूलो लिनुहोस् र त्यसमा मह मिसाउनुहोस्। अब यो मिश्रणलाई नुहाउनुअघि कुहिनो र घुँडामा लगाउनुहोस् अनि रगड्नुहोस्। २ देखि ३ मिनेटसम्म राखेपछि यसलाई पानीले सफा गर्नुहोस्। नुहाउनु अघि दैनिकरुपमा यो उपाय गरे एक हप्ता भित्रमा फरक देखिन थाल्छ ।
एलोभेरा र कफीको प्रयोग
यदि कुहिनो र घुँडामा बढी कालोपन छ भने त्यसका लागि कफी र एलोभेरा प्रयोग गर्न सकिन्छ । यसका लागि एक चम्चा कफी लिनुहोस् र यसमा एलोभेरा जेल मिसाएर पेस्ट बनाउनुहोस्। अब यो मिश्रणलाई घुँडा र कुहिनोमा लगाउनुहोस्। केही मिनेट लगातार रगड्दा कफीको रंग परिवर्तन हुन थाल्छ। त्यसपछि पानीले सफा गर्नुहोस्। यो विधि हप्तामा दुई–तीन पटक गर्नाले राम्रो हुन्छ ।
टमाटरको पेस्ट प्रयोग
टमाटरलाई रंग निखार्नको लागि उत्कृष्ट तत्व मानिन्छ। यदि घुँडा र कुहिनो धेरै कालो देखिन्छ भने त्यसमा टमाटर रगड्नुहोस्। केहि मिनेट पछि यसलाई भिजेको कपडाले पुछ्नुहोस्। यस बाहेक तपाईले चाहनुहुन्छ भने चामलको पिठोमा टमाटरको रस मिसाएर पेस्ट बनाउन सक्नुहुन्छ अनि यसलाई आफ्नो कुहिनो र घुँडामा लगाउनुहोस्। १० मिनेटपछि पानीले धुनुहोस् ।
ओलिभ तेलको प्रयोग
कुहिनो र घुँडाको रंगलाई सुधार्नुको साथसाथै तिनीहरूलाई मोइस्चराइज गरिराख्नु पनि धेरै महत्त्वपूर्ण हुन्छ। त्यसैले राती सुत्नुअघि (ओलिभ) जैतुनको तेललाई हल्का तातो पारेर कुहिनो र घुँडामा लगाउनुहोस्। यदि तपाइँ चाहनुहुन्छ भने केहि मिनेटको लागि मसाज पनि गर्न सक्नुहुन्छ। जुन दिन हात, खुट्टा वा शरीरमा साबुन लगाउन हुँदैन त्यसदिन नुहाउनुअघि तेल लगाउनुहोस्। यसपछि मोइस्चराइजर लगाउन आवश्यक पर्दैन।
दूध र बेसारको प्रयोग
दूधले टोनरको रूपमा काम गर्छ र यसमा एक चिम्टी बेसार मिसाउँदा यसको गुणस्तर बढ्छ। धेरैले अनुहार सफा गर्न यसको प्रयोग गर्छन्। त्यसैगरी कुहिनो र घुँडालाई पनि यसबाट सफा गर्न सकिन्छ । अनुहार सफा गरेपछि बाँकी रहेको मिश्रणमा कपासको बल डुबाएर कुहिनो र घुँडा सफा गर्नुहोस्। यो प्रक्रिया कम्तिमा एक हप्ताको लागि परिक्षण गर्नुहोस्।
Comments