प्रिओपन सेसनमा चार अङ्कको वृद्धि  

आज प्रिओपन सेसनमा नेप्से ४.१५ अंकले बढेको छ।

बुधबार केही अंकले बढेर १९६२.७१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९६६.८६ मा खुलेको हो। २२४४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ८ लाख ३४ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा निकै बढी हो।

यस्तै, आजको टप गेनरमा नेको इन्स्योरेन्स रहेको छ भने टप लुजरमा खानीखोला हाइड्रो रहेको छ। आज २३ कम्पनीको कारोबार हुँदा २१ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Comments

Back to top