नबिल बैंकले संस्थापक सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने

नबिल बैंक लिमिटेडको २८ हजार ५८९ कित्ता संस्थापक सेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न सक्ने गरी बिक्रीमा आएको छ । बैंकले यस अघि जेठ ५ गते विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गर्दा निवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरूमा यो सेयर बिक्री गर्न लागेको हो ।

इच्छुक खरिदकर्ताहरूले आगामी ७ दिनभित्र बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले बताएको छ।

Comments

Back to top