नेप्सेमा ४१ अङ्कको वृद्धि, लगभग डेढ अर्बको कारोबार !
आज बुधबार ४१.३९ अंकले बढेर २.१५ % वृद्धिको साथ नेप्से परिसूचक १९६२.७१ अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये १८१ कम्पनी उकालो लागेका छन्, ९ कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेको छ।
कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
बजार पुँजीकरण बढेर २७ खर्ब ९८ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः२६८) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा थोरै तल १९६२.७१ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच होडबाजी हुँदा खरिदकर्ता हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन भन्दा तल -६९.४८ मा आएको देखाउँछ। हिस्टोग्राम बढेर पोजेटिभ १२.६१ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गईरहेको थियो तरअब माथि फर्केको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल – ८२.०९ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको थियो तर अब तल झुकेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर माथितर्फ गईरहेको छ। आज – १४ डिएमआई लाइन केही तल फर्किएको छ जसले बजारमा खरिद बढेको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बुलिश क्यान्डल बनाएको छ जसले बजारमा खरिद बढेको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन –६८२९ देखि बढेर – ६६५७ मा आएको छ। नेप्सेको कुल भोल्युम ३४४९२१२ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(३३२०५४७) को १०४ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्डभन्दा केही तल १९६२.७१ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल –६९.४८ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल – ८२.०९ मा देखिएको छ भने हिस्टोग्राम हिजो भन्दा बढेर १२.६१ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखाउँछ।
+१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएका छन्। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई क्रस गरेर माथितर्फ बढीरहेको थियो तर अब तल झुकेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर माथितर्फ गईरहेको छ। आज – १४ डिएमआई लाइन केही तल फर्किएको छ जसले बजारमा खरिद बढेको देखिन्छ। आज आरएसआइ ३७.८० बाट बढेर ४३.२३ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८३० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २०१५ को एरिया रहेको देखिन्छ।#nepsetech
Comments